काठमाडौं । यो साता स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुन र चाँदीको मूल्यमा भारी गिरावट हो ।
महासंघका अनुसार सुन तोलामा ३८ सय र चाँदी १०० रुपैयाँले घटेको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ कायम थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० रुपैयाँ कायम छ ।
यो साता चाँदीको मूल्य पनि घटेको छ । गत साताको शुक्रबार तोलामा १९ सय रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार १८ सय रुपैयाँमा कारोबार भयो ।