share 242 काठमाडौं । चितवनको कालिका नगरपालिका स्थित सुन पसलबाट ३ किलो सुन र ३५ केजी चाँदी लुटपाट भएको छ । कालिका-६ स्थित विनोद सुनचाँदी पसलबाट सुन र चाँदी लुटपाट भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए । सो पसलमा लुटेराले छाडेको ७ सय ७६ ग्राम सुन भेटिएको छ । शनिवार साँझ आएका दुई जना लुटेराले पसलका कर्मचारीलाई नियन्त्रणमा लिएर सुनचाँदी लुटेर भागेको हो । लुटमा संलग्न रहेको आशङ्कामा ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाव्को छ । पोस्टको नेभिगेसन तोलामा १६ सयले बढ्यो सुनको मूल्य, तोलाको कति कारोबार हुँदैछ ? करिब २४ करोडको अनलाइन जुवा खेलाउने ६ जना पक्राउ