गीतमा स्वर पनि लामाकै छ । युवाको प्रेम र आकर्षण व्यक्त गरिएको गीतमा शब्द र सङ्गीत डा. एलिया सोयव र सुरेश लामाकै छ । गीतमा सङ्गीत संयोजन रिकेश गुरुङको छ ।
पवन सुस्लिङको छायाङ्कन र सम्पादन रहेको भिडियोमा निर्मल कुमार लामा ( बिजी) को निर्देशन छ । नेपाल र नेपालीलाई अति नै माया गर्ने डा. एलिया सोयव गायक सुरेश लामाको टिकटक जोडीको रूपमा नेपाली फ्यानहरू माझ लोकप्रिय छिन् ।