सिनाले सन् २०२५ मा अन्तिम प्रतियोगितामा भाग लिने समेत जानकारी दिए । ४७ वर्षीय जोन सन् २००१ मा डब्लूडब्लूईमा आबद्ध भएको थियो । उनी इतिहासकै सबैभन्दा लोकप्रिय रेस्लरमध्ये एक हुन् । जोनले १६ पटक डब्लूडब्लूईको वर्ल्ड च्याम्पियनसिप जितेको छ । सिनाले सन् २०२५ मा आयोजना हुने रेसलमेनिया नै आफ्नो अन्तिम प्रतियोगिता हुन सक्ने सङ्केत गरेको हो । उनको घोषणापछि टोरन्टोका दर्शकले ‘धन्यवाद सिना’ भन्दै नारा लगाएका थिए ।
डब्लूडब्लूईबाहेक सिनाले हलिउडका चलचित्रहरू पनि खेलेको छ । सन् २००६ मा द मरिनमार्फत उनले अभिनयमा डेब्यू गरेको थियो । त्यसपछि उनले ट्रेनरेक (२०१५), द सुसाइड स्क्वाड (२०२१), फास्ट एन्ड फ्युरियस ९ (२०२१) का साथै डीसी सुपरहिरो टिभी सिरिज पिस मेकरमा पनि काम गरेको छ ।
चलचित्रमा अभिनय गर्न थालेपछि उनले सन् २०१८ यता डब्लूडब्लूईमा पार्ट टाइम मात्र काम गर्दै आइरहेका थिए ।