कस्तो रहला आजको मौसम ?

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि

काठमाडौं अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । महाशाखाका अनुसार आज दिउँसो  देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

 

कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान रहेको छ ।