काठमाडौं । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

गण्डकी प्रदेशका केही भाग,  बागमती, कर्णाली  र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका अधिकांश भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा रहेको छ बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । बाग्मती, गण्डकी  र लुम्बिनी प्रदेशका केही, कोशी र  मधेश प्रदेशको थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै, आज राती  कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।