share 226 काठमाडौं । आज मिति २०८१ साल असार १० गते सोमबार तदनुसार २०२४ जुन २३ तारीख जेष्ठ शुक्लपक्ष चतुर्थी तिथि । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त बेलुका ७ बजेर १ मिनेटमा हुनेछ । अब लागौं आजको राशिफल तर्फ : मेष : परिवारको सहयोग प्राप्त हुनेछ । देशभित्र गरेको लगानीबाट फाइदा हुनेछ । विदेश यात्रामा जोखिम छ । वृष : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । सेवाको अवसर प्राप्त हुनेछ । परिवारसँगको प्रेम सुमधुर बन्नेछ । विदेशमा रमाउने मोह बढ्ने देखिन्छ । साथीसँगको संगतले फाइदा हुनेछ । मिथुन : मन चञ्चल हुनेछ । साथीसँग सोचेर बोल्नु राम्रो हुनेछ । घर सल्लाह गरेर मात्र ठुलो कामको सुरुवात गर्नु फलदायी हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । कर्कट : व्यापारमा घाटा भोग्नुपर्ने देखिन्छ । परिवारभित्र समेत झगडा हुने देखिन्छ । यसअघि गरेको लगानीबाट उत्साह बढ्ने भए पनि आज थप लगानी नगर्नु राम्रो हुनेछ । परिवारको साथ मिल्नेछ । सिंह : सम्मान प्राप्त हुने दिन छ । मन अशान्त हुँदा खानपानमा घडबढी हुनेछ । शान्त भएर अगाडि बढ्नु राम्रो हुनेछ । वैदेशिक लगानीमा भने जोखिम देखिन्छ । कन्या : दिन राम्रो छ । अरुलाई झुक्याएर आफू सफल हुने समय छ । लगानी भए व्यापारमा फाइदा हुनेछ । लगानीको क्षेत्रमा निरन्तरको प्रयासले राम्रो आम्दानी हुने देखिन्छ । तुला : ठुलो लगानी नगर्नु राम्रो हुन्छ । वैदेशिक क्षेत्रको लगानीबाट भने तपाईं सफल हुने दिन छ । निजी काम गर्दागर्दै दिन बित्ने देखिन्छ । वृश्चिक : पुरानो रोग बल्झने योग छ । धार्मिक क्षेत्रमा मन जानेछ । लगानीको क्षेत्रमा उचित मूल्यांकन हुनेछ । राजनीतिक र सामाजिकमा सेवाको अवसर प्राप्त हुनेछ । धनु : लामो समयदेखि रोकिएको काम बन्नेछ । शिक्षामा सफलता मिल्नेछ । व्यापार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा राम्रो सहकार्य हुनेछ । समाजसेवाको अवसर प्राप्त हुनेछ । मकर : आज चन्द्रमाको गोचर तपाईंको राशिमा रहेकाले विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । इमान्दारिता र मेहनतले आत्मविश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । कुम्भ : आज चन्द्रमा गोचर तपाईंको राशिबाट बाह्रौँ स्थानमा रहेकाले स्वास्थ्य तथा मनोरन्जनको क्षेत्रबाट खर्च हुन सक्छ । विश्वास गरेकाहरुबाट धोका हुन सक्छ । काममा बाधा रोकावट आउन सक्छ । साथीभाईबाट उचित सहयोग नमिल्न सक्छ । विद्यार्थीको पढाईमा मन नजान सक्छ । मीन : आम्दानीका विभिन्न स्रोतहरु फेला पार्न सकिनेछ । प्रेम तथा पारिवारिक जीवन सुखी रहनेछ । परिवारका साथ रमाइलो यात्रा तथा मिष्ठान्न भोजनको योग रहेको छ । राशिफलमा जे जस्तो लेखिए पनि तपाईको समय शुभ रहोस् । पोस्टको नेभिगेसन आज सोमबारको राशिफल यस्तो रहेको छ आज असार १२ गते बुधबारको राशिफल