काठमाडौं । आज मिति २०८१ साल असार १० गते सोमबार तदनुसार २०२४ जुन २३ तारीख जेष्ठ शुक्लपक्ष तृतीय तिथि । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त बेलुका ७ बजेर १ मिनेटमा हुनेछ ।
मेष : समय राम्रो छ । व्यापारबाट आम्दानी हुनेछ । शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ । स्वास्थ्य लाभ हुने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
वृष : परिवारको रचनात्मक साथ प्राप्त हुनेछ । आफन्तले सहयोग गर्नेछन् । स्वदेशमा अवसरको सिर्जना हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ ।
मिथुन : आफन्तको विश्वास गर्नाले घाटा हुनेछ । स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट : स्वास्थ्यमा समस्या हुने देखिन्छ । साथीले दुःख दिनेछन् । ठुलो लगानी नगर्नु राम्रो हुन्छ । सामाजिक र राजनीतिक क्षेत्रमा झगडा हुने जोखिम छ । काम गर्नु अगाडि एक पटक सोच्नु राम्रो हुनेछ ।
सिंह : समय रमाइलो छ । शिक्षाको लगानीले उत्साह बढ्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको सहयोग प्राप्त हुन्छ । समाजसेवाको अवसर मिल्नेछ ।
कन्या : दिन राम्रो छ । आफ्नो मेहनतको फल प्राप्त हुनेछ । कार्यक्षेत्रमा प्रशंसा हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने दिन छ ।
तुला : अरुलाई सहयोग गर्दा छायामा परेको महसुस हुनेछ । जमिनको कारोबारबाट उत्साह बढ्नेछब। प्रतिस्पर्धी शान्त भएकाले अगाडि बढ्ने अवसर छ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
वृश्चिक : व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ । शिक्षामा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार देखिने छ । परिवारबाट रचनात्मक सहयोग प्राप्त हुनेछ । समाजसेवाको अवसर प्राप्त हुनेछ ।
धनु : समय राम्रो छ । धेरै अवसर एकसाथ प्राप्त हुने देखिन्छ । शेयरमा लगानी गरेको भए उत्साह बढ्नेछ । व्यापारमा फाइदा हुने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
मकर : सामाजिक कार्य सफल हुनेछन् । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ । आज आफन्तका बीच भेटघाट र परिवारसँग मनोरन्जनात्मक कार्यमा सरिक हुन सकिन्छ ।
कुम्भ : झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ । स्वदेशी भन्दा विदेशमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ । ठुला उद्योगको हात नलगाउनु राम्रो हुनेछ । परिवारको तर्फबाट भने सहयोग प्राप्त हुनेछ ।
मीन : तपाईंको सानो गल्तीले अरुको मन दुख्नसक्छ। बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ । झुक्याउने मान्छे सक्रिय भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ । परिवारको सहयोग प्राप्त हुनेछ । समाजसेवाको अवसर प्राप्त हुने योग छ ।