हेग । अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी पूर्वप्रधानमन्त्री सर्गेई शोइगु र सेना प्रमुख भ्यालेरी गेरासिमोभविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनीमाथि युक्रेनमा युद्ध अपराध र मानवता विरुद्धको अपराधको आरोप छ।
दुबैलाई नागरिक पूर्वाधार र बिजुली नेटवर्कमा मिसाइल आक्रमणको आदेश दिएको आरोप लगाइएको छ । रुस अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्य होइन । उसले यो घोषणालाई अस्वीकार गर्दै यसको कुनै महत्त्व नभएको बताएको छ ।
यता युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भने अन्तर्राष्ट्रिय फौजदारी अदालतले वारेन्ट जारी गरेकोले रुसी अपराधहरू दण्डित हुने निश्चित रहेको बताए ।
गत वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो ।

