share 270 काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । आज सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी (नन ग्रेडेड) आएका छन् । जसमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूले साउन १८ गते र १९ गते हुने परीक्षामार्फत ग्रेड वृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताए । एक लाख १५ हजार ८३४ जनाले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ । जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ । पोस्टको नेभिगेसन माध्यमिक शिक्षा परिक्षा (एसइई)को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा दुर्गा प्रसाईको बी एन्ड सी मेडिकल कलेजमा यो वर्ष ५० जनाले एमबीबीएस अध्ययन गर्न पाउने