हिजो भएको मतदानमा रेकर्ड गिरावट देखिएको थियो । यसले इरानको सरकारी प्रणालीको वैधतामा गिरावट आएको संकेत गर्ने विज्ञहरु बताउँछन् । इरानको चुनावमा उम्मेदवार रहेका चार जना उम्मेदवारलाई अल्ट्रा-कन्जरभेटिभ गार्डियन काउन्सिलले चयन गरेको थियो । यो परिषद् सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले तय गरेको थियो ।
६९ वर्षीय मसुद पेजेस्कियान सुधारवादी भएकाले चुनाव लड्नु ठूलो निर्णय भएको बताइएको छ । उनी पूर्व मुटु शल्यचिकित्सक हुन् भने स्वास्थ्यमन्त्री भइसकेको छ । उनले इरानमा महिलाको कडा ड्रेस कोडमा इरानको मोरालिटी पुलिसको कारबाहीलाई अनैतिक भनेका छन् ।

