हेटौँडा उपमहानगरपालिका-१९ स्थित बसामाडीमा जंगलमा पाइने सल्ले जातको च्याउको तरकारी पकाएर खाँदा एकै परिवारक ५ जना बिरामी भएका हुन् ।

जंगली च्याउ खाँदा बसामाडीका ३६ वर्षीय श्यामबहादुर बल, १६ वर्षीया अनिता बल, ११ वर्षीय रेमन बल, ७३ वर्षीया फुलमायाँ र ३४ वर्षीय तुल बहादुर मोक्तान बिरामी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।

उनीहरुको हेटौँडा अस्पतालमा उपचार गरिएको छ । मकवानपुरमा पछिल्लो एक महिनाभित्र जंगलबाट ल्याएको च्याउ खाँदा तीन जनाको मृत्यु भइसकेको छ भने २१ जना बिरामी भएका छन् ।