share 257 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा भेटवार्ता भएको हो । सत्तारुढ दलका दुई शीर्ष नेताबिच लगातार दोस्रो दिन भेटवार्ता भएको छ । यसअघि आइतबार पनि दुई नेतासहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सिंहदरबारमा समसामयिक विषयमा छलफल भएको थियो । शनिबार अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच ३ घण्टा लामो छलफल भएपछि सत्ता समीकरणबारे विभिन्न अड्कलबाजीहरू भइरहेको छ । यही आशङ्काबिच दुई नेताको भेटघाट बाक्लिएको हो । पोस्टको नेभिगेसन रास्वपामा भुकम्प, मकवानपुरका सचिवसहित ६ जनाले गरे पार्टी परित्याग नागरिक उन्मुक्ति पार्टीेले संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइयो