सत्तारुढ दलका दुई शीर्ष नेताबिच लगातार दोस्रो दिन भेटवार्ता भएको छ । यसअघि आइतबार पनि दुई नेतासहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सिंहदरबारमा समसामयिक विषयमा छलफल भएको थियो ।
शनिबार अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच ३ घण्टा लामो छलफल भएपछि सत्ता समीकरणबारे विभिन्न अड्कलबाजीहरू भइरहेको छ । यही आशङ्काबिच दुई नेताको भेटघाट बाक्लिएको हो ।