share 186 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रिय समितिले समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेको छ। पार्टीका महासचिव विप्लव सीद्वारा बुधबार जारी वक्तव्यमा मोर्चाको निष्क्रियता र उद्देश्यअनुसारको प्रभावकारी भूमिका नदेखिएकाले अलग हुने निर्णय गरिएको उल्लेख गरिएको छ। वक्तव्यमा भनिएको छ, “२०८० सालमा नेपालका चार पार्टीहरूको सहमतिमा समाजवादी मोर्चा निर्माण गरिएको थियो। राष्ट्रिय स्वाधीनता, जनजीविकाको पक्षमा र भ्रष्टाचारविरुद्धको संघर्षमा योगदान पुर्याउने उद्देश्यका साथ गठन भएको मोर्चाले केही प्रारम्भिक कार्यक्रमहरू गरे पनि पछिल्ला दिनमा यसको गतिविधि स्थिर हुन सकेन।” महासचिव विप्लवले हालको राजनीतिक परिस्थितिमा नयाँ एकता र वैचारिक सहकार्यका प्रयासहरू आवश्यक रहेको उल्लेख गर्दै भनेका छन्, “समाजवादी मोर्चा अब औपचारिक रूपमा समाप्त भएको छ र नेकपा त्यसबाट अलग भएको जानकारी गराउँछौं।” विज्ञप्तिमा सबै वाम शक्तिहरूबीच व्यापक एकता र सहकार्यका नयाँ स्वरूपहरू सम्भव रहेको उल्लेख गर्दै भविष्यमा त्यस दिशामा पहल जारी रहने जनाइएको छ। विज्ञप्तिसहित… पोस्टको नेभिगेसन मधेसवादी दलसँग सहकार्य गरेर चुनावी जाने प्रचण्डको रणनीति सभामुख पदका लागि डीपी अर्यालको उम्मेदवारी दर्ता