काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) पार्टीका १६ जना नेताले पार्टी छाड्दै नयाँ राजनीतिक अभियान सुरु गर्ने घोषणा गरेका छन्। आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टीभित्र रूपान्तरण र पुनर्गठनको आवश्यकता औंल्याउँदै नयाँ आन्दोलनको थालनी गरेका हुन्।
पार्टी छाड्नेमा पोलिटब्युरो सदस्यहरू पल बहादुर रावत, पूर्ण रसाइली, हरिस दयाल, किरण जोशी, सुरेन्द्र कार्की र केन्द्रीय सदस्यहरू माधव घिमिरे, दर्शन नेपाली, हरि श्रेष्ठ, शरद रसाइली, बद्री अधिकारी, आशिष चौधरी, रेखा चौहान, अर्जुन मण्डल, राजीव तामाङ, पार्वती सिंह र नेत्र रानाभाट रहेका छन्।
एक विद्रोही नेताका अनुसार पार्टी नेतृत्व “आत्मसुरक्षावादी बनेको र क्रान्तिको भ्रम छरेर कार्यकर्तामाथि धोका दिएको” कारणले उनीहरूले पार्टी छाड्ने निर्णय गरेको बताए। उनले भने, “पटक–पटक खबरदारी गरे पनि नेतृत्व नसुध्रिएपछि बिद्रोह अपरिहार्य भयो, र यो बिद्रोह न्यायपूर्ण र जायज छ।”
विज्ञप्तिमा भनिएको छ, “कम्युनिस्ट आन्दोलनभित्र रूपान्तरण र पुनर्गठनको बहस पेचिलो बन्दै गएको छ। ढिलो नगरी वास्तविक र व्यापक रूपान्तरण अपरिहार्य भएको निष्कर्षमा हामी पुगेका छौं।”
विज्ञप्ती सहित…


