share 262 काठमाडौं । फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगस्ट ११ सम्म आयोजना हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा नेपालबाट ७ खेलाडी सहभागि हुने भएका छन् । प्रतियोगितामा चार महिला र तीन पुरुष सहभागी हुने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । नेपालबाट सहभागी हुने खेलाडीहरू अहिले देश तथा विदेशमा प्रशिक्षणमा रहेको कमिटीले जानकारी दिएको छ । नेपालबाट ब्याडमिन्टनमा प्रिन्स दाहाल, टेवल टेनिसमा सान्टू श्रेष्ठ र सुटिङमा सुस्मिता नेपालले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी, पौडीमा अलेक्जेन्डर शाह र डुवाना लामा, एथ्लेटिक्समा सन्तोषी श्रेष्ठ र जुडोमा मनिता श्रेष्ठ प्रधानले भाग लिनेछन् । पोस्टको नेभिगेसन असार ८ गतेदेखि ‘गोल्डेनगेट एसइई कप चेस २०२४’ प्रतियोगिता हुने क्यानले अगाडी बढायो उपाध्यक्ष सिंहसहित ४ जनालाई कारबाहीको प्रक्रिया