share 255 काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले उपाध्यक्ष रोशन कुमार सिंहसहित ४ जनालाई कारबाही गर्न प्रक्रिया अगाडि बढाएका छन् । बिहीबार बसेको क्यानको बैठकले उपाध्यक्ष सिंह र केन्द्रीय सदस्य माधव कर्मचार्य तथा दुर्गाराज पाठक र सुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेलमाथि कारबाही गर्न प्रक्रिया अगाडि बढाउने निर्णय गरेका हुन् । उनीहरूलाई स्पष्टीकरण सोधी कारबाही गर्न प्रक्रिया अगाडि बढाएको सचिव पारस खड्काले जानकारी दिए । नेपाली टिम विश्वकप क्रिकेट प्रतियोगिता खेल्न अमेरिका र वेस्ट इन्डिज गएको समयमा सिंहलगायतले भ्रामक र तथ्यहीन कुरा सामाजिक सञ्जालमा शेयर गरेको लगायतका आरोपमा स्पष्टीकरण सोधिएको उनले बताए । पोस्टको नेभिगेसन पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडीले प्रतिस्पर्धा गर्दै राखेपाका सदस्य सचिव घिसिङले गरे एशिया कप खेल्ने महिला क्रिकेट टिमलाई बिदाई