काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बिहिवारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । आज लोकल सानो गोलभेडा प्रति केजी ४० रुपैयाँ, रातो आलु प्रति केजी ६४ रुपैयाँ र प्याज सुकेको प्रति केजी ९० रुपैयाँ तोकिएको छ ।
गाजर प्रति केजी ९० रुपैयाँ, बन्दा प्रति केजी ४० रुपैयाँ, स्थानीय काउली प्रति केजी ९० रुपैयाँ, तितो करेला प्रति केजी १०० रुपैयाँ र लौका प्रति केजी ९० रुपैयाँ तोकिएको छ ।
स्कुस प्रति केजी ८० रुपैयाँ, घिरौला प्रति केजी ९० रुपैयाँँ, भिण्डी प्रति केजी १०० रुपैयाँ र पिँडालु प्रति केजी ९० रुपैयाँ तोकिएको छ ।