गाजा । इजरायली सेनाले गाजाको खान युनिसको अल-मवासी क्षेत्रमा हवाई आक्रमण गरेको छ । विस्थापित मानिसहरूको घना बसोबास भएको क्षेत्रमा इजरायली आक्रमणमा परी कम्तीमा ७१ प्यालेस्टिनीको मृत्यु भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका जनाएको छ ।
उक्त आक्रमणमा परी २८९ जनाभन्दा बढी घाइते भएका छन् ।इजरायली सेनाले यस क्षेत्रलाई सुरक्षित क्षेत्रको रूपमा तोकेको थियो र प्यालेस्टिनीहरूलाई त्यहाँ शरण लिन आग्रह गरेको थियो । इजरायली सेनाले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

इजरायली मिडियाका अनुसार सेनाले हमासका वरिष्ठ नेता मोहम्मद डेफलाई लक्षित गर्न यो हमला गरेको हो ।