काठमाडौं । आज मिति २०८१ साल साउन ३ गते बिहीबार   तदनुसार २०२४ जुलाई १८ तारीख आषाढ शुक्लपक्ष द्वादशी तिथि । आज सूर्योदय बिहान ५ बजेर २० मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५८ मिनेटमा  हुनेछ ।

अब लागौं आजको राशिफल तर्फ

मेष : आज चन्द्रमाको गोचर तपाईंको राशि मेषबाट आठौँ स्थानमा रहेको छ। महत्वपूर्ण काम गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ ।

बृष : आज चन्द्रमाको गोचर तपाईंको राशिबाट सातौँ स्थानमा रहेको छ। अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ ।

मिथुन : आज चन्द्रमाको गोचर तपाईंको राशिबाट छैटौँ स्थानमा रहेकाले अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।

कर्कट : आज चन्द्रमाको गोचर तपाईंको राशिबाट पाँचौं स्थानमा रहेकाले इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइने छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको गाँठो कसिएला । कामबाट पनि फुर्सद पाइने छ । प्रशंसकहरू बढ्नेछन् । आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।

सिंह : आज चन्द्रमाको गोचर तपाईंको राशिबाट चौथो स्थानमा रहेकाले समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ ।

कन्या : आज चन्द्रमाको गोचर तपाईंको राशिबाट तेश्रो स्थानमा रहेकाले लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।

तुला : आज चन्द्रमाको गोचर तपाईंको राशिबाट दोश्रो  स्थानमा रहेकाले साथीभाई तथा अन्य विश्वासपात्रबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

वृश्चिक : आज चन्द्रमाको गोचर तपाईंको राशिबाट प्रथम स्थान अर्थात् वृश्चिक राशिमा रहेकाले सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । साथीभाई तथा सहयोगीको मद्दतले बिग्रेको काम पनि बन्नसक्छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

धनु : आज चन्द्रमाको गोचर तपाईंको राशिबाट बाह्रौ स्थानमा रहेकाले अनावश्यक काममा समय बित्न सक्छ। विना प्रयोजनको यात्रामा समय खर्चिनुपर्ने हुन सक्छ। परिवार, सहकर्मी तथा साथीभाईसँग विवाद हुन सक्ने सम्भावना छ ।

मकर : आज चन्द्रमाको गोचर तपाईंको राशिबाट एकादश स्थानमा रहेकाले नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

कुम्भ : आज चन्द्रमाको गोचर तपाईंको राशिबाट दशौँ स्थानमा रहेकाले मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ ।

मीन : आज प्रेम तथा पारिवारिक जीवन राम्रो रहन सक्छ। आर्थिक लाभ सामान्य मात्र रहन सक्छ। बोल्दा विचार पुर्याउनु पर्ने समय छ, अन्यथा काम बिग्रिन सक्छ।

राशिफलमा जे जस्तो लेखिएता पनि तपाईको दिन शुभ रहोस् ।