काठमाडौं । आज मिति २०८१ साल साउन ४ गते शुक्रबार तदनुसार २०२४ जुलाई १९ तारीख आषाढ शुक्लपक्ष त्रयोदशी तिथि । आज सूर्योदय बिहान ५ बजेर २१ मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५८ मिनेटमा हुनेछ ।
मेष : मेष राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । धार्मिक यात्रा फलदायी, पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।
वृष : वृष राशि भएका व्यक्तिहरूको लागि आज दिन सामान्य रहन सक्छ । चन्द्रमाको गोचर आठौँ स्थानमा रहने भएकाले पारिवारिक विवाद बढ्ने, स्वास्थ्य कमजोर रहने, पुरा हुन लागेको काममा रोकावट आउन सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ।
मिथुन : मिथुन राशि भएका व्यक्तिहरूको लागि आज समय राम्रो रहेको छ। धेरै समयदेखि रोकिएका कामहरु आज पुरा हुन सक्छन्। पहिले गरिएको लगानीबाट राम्रो प्रतिफल मिल्न सक्छ। पतिपत्नीका बीच समझदारी बढ्नेछ। स्वास्थ्य पनि आज राम्रो रहन सक्छ।
कर्कट : कर्कट राशि भएका व्यक्तिहरूको लागि आज समय राम्रो रहेको छ। मनमा उत्साह र उमङ्ग रहनेछ। शत्रुहरू पराजित हुन सक्छन्। प्रेम तथा पारिवारिक जीवन राम्रो रहन सक्छ। सामाजिक प्रतिष्ठा कायम राख्ने समय छ ।
सिंह : सिंह राशि भएका व्यक्तिहरूको लागि आज समय मध्यम रहेको छ। परिवारका साथ समय बिताउन सकिनेछ भने प्रेम जीवनमा रहेकाहरुले प्रेमीसँग घुमघाममा जान सक्ने समय छ। स्वास्थ्य आज सामान्य रहनेछ। व्यापार व्यवसायबाट सामान्य लाभ मिल्न सक्छ।
कन्या : कन्या राशि भएका व्यक्तिहरूको लागि आज समय केहि प्रतिकूल रहन सक्छ । शरीरमा चोटपटक लाग्न सक्ने रहेकाले ध्यान दिनुपर्छ। पेट तथा छाती सम्बन्धि समस्या आउन सक्छ । यात्रा फलदायक नरहन सक्छ। साथीभाईको सहयोग नमिल्न सक्छ।
तुला : तुला राशि भएका व्यक्तिहरूको लागि आज समय राम्रो रहनेछ । आयआर्जन बढ्नुका साथै धनको संग्रह हुन सक्ने समय छ। पारिवारिक जीवनमा विश्वासको वातावरण बन्नेछ। अर्थपूर्ण रमाइलो यात्रा हुन सक्छ।
वृश्चिक : वृश्चिक राशि भएका व्यक्तिहरूको लागि आज समय मध्यम रहनेछ । चन्द्रमाको गोचर आज राशिबाट दोश्रो स्थानमा रहने भएकाले उचित सोचविचार नगरी बोल्दा र हतारमा निर्णय लिँदा काममा समस्या हुने तथा आफन्तसँग वैरभाव हुन सक्छ। संचित धनको नाश हुन सक्छ।
धनु : धनु राशि भएका व्यक्तिहरूको लागि आज समय राम्रो रहनेछ । चन्द्रमाको गोचर आज राशिबाट प्रथम स्थानमा रहने भएकाले आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ ।
मकर : मकर राशि भएका व्यक्तिहरूको लागि आज समय सामान्य रहनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था सिर्जना हुन सक्छ भने जागिरमा प्रतिष्पर्धीबाट बाधा हुने तथा कामको उचित जस नमिल्ने समय छ। स्वास्थ्य कमजोर रहन सक्ने भएकाले ध्यान दिनुपर्छ। अनावश्यक पारिवारिक विवाद नगर्दा नै राम्रो हुन्छ।
कुम्भ : कुम्भ राशि भएका व्यक्तिहरूको लागि आज चन्द्रमा एकादश गोचरको शुभ प्रभाव गर्दा दिन राम्रो रहनेछ। रोकिएका आर्थिक लेनदेन मिल्ने र हात लाग्नुपर्ने धन मिल्न सक्छ। आफुभन्दा अग्रजको साथ सहयोग मिल्न सक्छ।
मीन : मीन राशि भएका व्यक्तिहरूको लागि आज चन्द्रमा दशम गोचरको शुभ प्रभाव गर्दा दिन राम्रो रहनेछ। नयाँ कामको थालनी गर्नको लागि समय राम्रो छ। कार्यक्षेत्रमा रहेका विघ्नबाधा हटेर सहज वातावरण बन्न सक्छ। आयआर्जन बढ्नुका साथै साथीभाईको सहयोग मिल्न सक्छ।