Skip to content
Global Galaxy News

Global Galaxy News

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline
खेलकुद

म्यानचेस्टर सिटीमा २० वर्षीय ब्राजिलियन विंगरको इन्ट्री

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
share 216
काठमाडौं । इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले फ्रेञ्च क्लब ट्रोयसबाट ब्राजिलका विंगर साभिन्होलाई भित्र्याएको छ । उनलाई सन् २०२९ सम्मका लागि ४० मिलियन युरोमा अनुबन्धन गरेको हो ।

२० वर्षीय साभिन्होले गत सिजन स्पेनिस ला लिगामा जिरोनामा लोनमा खेलेका थिए । जिरोनाले गत सिजन उत्कृष्ट सुरुवात गरे पनि तेस्रो भएको थियो । जिरोना र ट्रोयस दुवै क्लब सिटी फुटबल समूहको हिस्सा हुन् । सिटीमा आबद्ध भएपछि साभिन्होले सिटी हाल ‘विश्वको उत्कृष्ट टोली’ भएको बताएको छ । प्रशिक्षक पेप गार्डियोलाको नेतृत्वमा खेल्न पाउँदा उत्साहित भएको पनि उनको भनाइ छ ।

सन् २०२२ मा ट्रोयसमा सामेल हुनुअघि उलने ब्राजिलियन क्लब एट्लेटिको मिनेरियोबाट आफ्नो करिअर सुरूगरेका थिए । उक्त क्लबमा प्रतिस्पर्धात्मक खेल खेल्न नपाए पनि उनी २०२२-२३ सिजनमा नेदरल्यान्ड्सको पिएसभीमा लोनमा आबद्ध भएका थिए ।

डच क्लबमा उच्च प्रदर्शन गरेसँगै उनी गत सिजन जिरोनामा लोनमा आबद्ध भए । उनले ला लिगा क्लबका लागि सबै प्रतियोगितामा कुल ११ गोल र १० असिस्ट गरेका थिए । जसका कारण उनी गत मार्चमा ब्राजिलको राष्ट्रिय टोलीमा परेका थिए ।

इङ्ल्यान्डविरुद्ध डेब्यू गरेपछि उनले कोपा अमेरिका २०२४ मा समूह चरणमा पाराग्वेविरुद्ध आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरे ।

पोस्टको नेभिगेसन

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई वितरण गर्यो ३ प्रकारका परिचयपत्र, यस्ता छन् सुविधा
पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई राष्ट्रपति पौडेलले गरे बिदाइ

Related Post

खेलकुद

एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोली भियतनाम प्रस्थान

६ महिना अगाडि ६ महिना अगाडि ६ महिना अगाडि
खेलकुद

राखेप निर्देशक चयनमा विवाद चरम उत्कर्षमा, उपनिर्देशक संगीना वैद्यले दिए राजीना

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
खेलकुद

पारालिम्पिकमा काश्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराइँदै

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि

You missed

धर्म-संस्कृति

टुँडालदेवी भजन समूहको चौथो वार्षिक उत्सव सम्पन्न

१ दिन अगाडि
ताजा समाचार

ट्रकको ठक्करबाट इन्स्पेक्टर अभय लामाको मृत्यु, गृहमन्त्रीद्वारा अन्तिम श्रद्धाञ्जली

२ दिन अगाडि
शिक्षा

निजी विद्यालयको शुल्कमा कडाइ, अब फोनबाटै उजुरी गर्न सकिने

३ दिन अगाडि
राष्ट्रिय

सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन

२ हप्ता अगाडि
Global Galaxy News

Proudly powered by WordPress | Theme: newstack by Themeansar.

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline