share 338 काठमाडौं । कीर्तिमानी हिमाल आरोही तथा पर्वतारोही गाइड कामीरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३०औँ पटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाएको छ । शेर्पा ११ दिनको अन्तरालमै दुई पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेको हो । गत वैशाख ३० गते आइतबार कामीरिताले २९औँ पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको थियो । उनी बुधबार बिहान ७ः४९ बजे फेरि सर्वोच्च शिखर पुगेको आधार शिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमले जानकारी दिए । फोर्टिन पिक एक्पीडिसन कम्पनीबाट आरोही गाइडको रूपमा उनले विदेशी आरोही लिएर आज चुचुरोमा पुगेको सो कम्पनीले जनाएको छ । सोलुखुम्बु थामेका ५४ बर्सिया कामीरिताले २०५१ मा पहिलोपटक सगरमाथा आरोहण गरेको थियो ।सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र शेर्पा गाइड तथा पर्वतारोहीको परिचय बनाएका कामीरिताले पछिल्लो समय आफ्नै रेकर्ड तोड्दै आएको छ । पोस्टको नेभिगेसन को हुन् इरानको अन्तरिम राष्ट्रपति मकबर ? आज २५६८औं बुद्ध जयन्ती, बौद्ध धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरि मनाइँदै