काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रइसीको मृत्युपछि मोहम्मद मकबर इरानको अन्तरिम राष्ट्रपति बनेको छ । उनी इरानका पूर्वप्रथम उपराष्ट्रपति हुन् । उनले प्रधानन्यायाधीश र सभामुखसँग भेट गरेको छ ।

इरानी संविधान अनुसार राष्ट्रपतिको मृत्यु भएमा यी तीन जनाले शासन व्यवस्था सञ्चालन गर्नुपर्छ । तर, ५० दिनभित्र राष्ट्रपतीय निर्वाचन गर्नुपर्ने प्रावधान छ । त्यतिञ्जेल मकबर अन्तरिम राष्ट्रपति रहनेछ । उनलाई २०२१ मा रइसीले प्रथम उपराष्ट्रपति पदमा नियुक्त गरेको थियो ।

प्रथम उपराष्ट्रपतिका रुपमा मकबरले देशभर घुमेर विभिन्न विकास परियोजना उद्घाटन गरेको थियो भने विदेश भ्रमणमा रइसीको साथमा जाने गरेको थियो । इरानमा यो पदमा राष्ट्रपतिले सोझै नियुक्त गर्ने प्रावधान रहेको छ । सन् १९८९ मा प्रधानमन्त्रीलाई पदबाट हटाएपछि त्यसको केही जिम्मेवारी प्रथम उपराष्ट्रपतिलाई दिइएको थियो । अन्य कयौँ उपराष्ट्रपति हुने गर्छन्, जसले अलगअलग कार्यकारी मामिलाको नेतृत्व गर्ने गर्छन् । उपराष्ट्रपति हुनुअघि उनी १४ वर्षसम्म खामेनीको आदेश पालना गराउने सेतान नामक संगठन प्रमुख भएर काम गरेको थियो ।

६८ वर्षीय मकबरले इलेक्ट्रिकल इन्जिनियरिङका साथै अन्तर्राष्ट्रिय कानुनमा विद्यावारिधि गरेको छ ।

 

#एजेन्सी