share 317 काठमाडौं । युद्धग्रस्त प्यालेस्टाइन राज्यलाई युरोपेली राष्ट्रहरुले मान्यता दिएका छन् । युरोपेली देशहरु नर्वे, आयरल्याण्ड र स्पेनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने निर्णय गरेका हुन् । उनीहरुको निर्णय आगामी सातादेखि लागू हुनेछ । तर, अमेरिकाले भने यो निर्णयप्रति आपत्ति जनाउँदै फिर्ता लिन भनेको छ । युरोपेली देशहरुको निर्णयलाई अमेरिकाले एकपक्षीय मान्यता भन्दै आपत्ति जनाएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलेभानका अनुसार राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनको समस्या प्रत्यक्ष वार्ताबाट मात्रै समाधान गरिनुपर्ने बताएको छ । बुधबार गरेको छुट्टाछुट्टै घोषणाहरूमा, नर्वे, आयरल्याण्ड र स्पेनका सरकारहरूले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका थिए । प्यालेस्टिनी राष्ट्रपतिद्वारा उक्त कदमलाई स्वागत गरिएको छ । सो घोषणा पश्चात् इजरायलले ती तीन राष्ट्रबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको छ । प्यालेस्टाइनीहरूले इजरायलसँगै सन् १९६७ पूर्व सीमाना र पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र राज्य स्थापना गर्न माग गर्दै आएको छ । पोस्टको नेभिगेसन आज २५६८औं बुद्ध जयन्ती, बौद्ध धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरि मनाइँदै चीनले गर्यो ताइवान आसपास व्यापक सैन्य अभ्यास
उनीहरुको निर्णय आगामी सातादेखि लागू हुनेछ । तर, अमेरिकाले भने यो निर्णयप्रति आपत्ति जनाउँदै फिर्ता लिन भनेको छ । युरोपेली देशहरुको निर्णयलाई अमेरिकाले एकपक्षीय मान्यता भन्दै आपत्ति जनाएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलेभानका अनुसार राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनको समस्या प्रत्यक्ष वार्ताबाट मात्रै समाधान गरिनुपर्ने बताएको छ । बुधबार गरेको छुट्टाछुट्टै घोषणाहरूमा, नर्वे, आयरल्याण्ड र स्पेनका सरकारहरूले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका थिए । प्यालेस्टिनी राष्ट्रपतिद्वारा उक्त कदमलाई स्वागत गरिएको छ । सो घोषणा पश्चात् इजरायलले ती तीन राष्ट्रबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको छ । प्यालेस्टाइनीहरूले इजरायलसँगै सन् १९६७ पूर्व सीमाना र पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र राज्य स्थापना गर्न माग गर्दै आएको छ ।