share 252 बेइजिङ । चीनले ताइवान नजिकै ठुलो स्तरमा सैन्य अभ्यास गरिरहेका छन् । चीनले ताइवानलाई पाँच तिरबाट घेरेर सो अभ्यास गरेका हुन् । पूर्ण रुपमा चीनले ताइवानमाथि आक्रमणको अभ्यास गरेको यो पहिलोपटक भएको बताइएका छन् । यसअघि भने सन् २०२२ मा चीनले ताइवानमाथि आर्थिक नाकाबन्दी लगाएका थिए । यसअघि चीनले थाहै नदिई सैन्य अभ्यास गर्ने गरेका थिए । तर सन् २०२२ यता चेतावनी दिँदै सैन्य अभ्यास गर्न थालेका छन् । गएको ७० वर्षदेखि ताइवान र चीनबिच ‘मेडियन लाइन’ ले दुई देशबिच अनधिकृत रूपमा सीमाको काम गरिरहेका थिए । तर चीनले बारम्बार सो रेखा पार गरेर ताइवान नजिक सैन्य अभ्यास गरिरहेको छ । सन् २०२२ मा अमेरिकाको तल्लो सदनकी सभामुख नेन्सी पोलेसीले ताइवान भ्रमण गरेयता यो क्रम बढिरहेको छ । त्यतिबेला नै चीनले मेडियन लाइनलाई नमान्ने घोषणा गरेको थियो । #चीन #ताइवान पोस्टको नेभिगेसन युरोपेली राष्ट्रहरुले प्यालेस्टाइन राज्यलाई दियो मान्यता, अमेरिकालाई लाग्यो ठूलो झड्का अमेरिकी सम्पत्ति जफत गर्ने रुसको घोषणा