काठमाडौं । आज मिति २०८१ जेठ १२ गते शनिबार, जेष्ठ कृष्णपक्ष द्धितीया तिथि तदानुसार २०२४ मे २५ तारीख । आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५० मिनेटमा हुनेछ ।
मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ । जोश जागर बढ्नेछ । परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने योग रहेको छ ।
बृष : (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन सामान्य राम्रो छ । बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ । शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव रहेको छ ।
मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक रसामाजिक क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ । मित्रबाट घात हुने सम्भावना रहेको छ ।
कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक, सामाजिक र धार्मिक क्षेत्रमा उतारचढाव आउँने देखिन्छ । शिक्षाको क्षेत्रमा आलस्यता बढ्नेछ । वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुने योग छ । राजनीतिमा राम्रो पकड रहला ।
सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मानसिक रुपमा उमङ् रहने योग छ । परिवारबाट सहयोग मिल्नेछ । चरा-पन्छीलाई अन्न दिएर गरेको कामबाट लाभ मिल्नेछ । व्यापार व्यवसायमा फाइदा मिल्ने योग रहेको छ ।
कन्या : (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सम्पत्ति आर्जन हुने दिन छ । स्वास्थ्य, शिक्षा र रोजगार आफू अनुकुल छ । राजनीतिमा भने जोगिएर काम गर्नुपर्ने देखिन्छ । मन खिन्न हुनेछ ।
तुला : (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक कठिनाइ भएतापनि शिक्षाको क्षेत्रमा सहयोग मिल्नेछ । दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुने देखिन्छ ।
वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीका कारण शत्रु बढ्ने योग छ । शान्त रहेर बस्नु फाइदाजनक देखिन्छ । धार्मिक क्षेत्रमा मन बढ्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्ने योग रहेको छ ।
धनु : (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रशंसा बढ्नेछ योग छ । सामाजिक, स्वास्थ्य, राजनीति र पारिवारिक क्षेत्र यथावत रहेको छ। लगानी गर्न अनुचित देखिन्छ । धार्मिक क्षेत्रमा रुची बढ्ने देखिन्छ ।
मकर : (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दीर्घकालीन योजना नबनाएको राम्रो । आज ठूलो नाफा गर्न सकिँदैन भने अरु कार्य सामान्य छ । मातापिताको आशिर्वाद लिएर दिनको सुरुवात गर्नु उत्तम होला ।
कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै राम्रो छ । तपाईले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ । सामाजिक र राजनीतिक क्षेत्रहरु सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुने देखिन्छ ।
मीन : (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शिक्षा, स्वास्थ्य, सामाजिक र राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। आफन्तबाट सहयोग मिल्ने योग छ।
राशिफलमा जे जस्तो लेखिएता पनि तपाईको आजको दिन शुभ रहोस् ।

