काठमाडौं । सरकारले सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने भएको छ । अर्थमन्त्री बर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना गर्ने घोषणा गरेको हो ।

 

काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना गर्न लागिएको जनाएको छ । सिता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेटि यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको पनि अर्थमन्त्री पुनले जानकारी दिएको हो ।

 

प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको निधन भइसकेको छ ।