share 294 काठमाडौं । पशुपतिनाथ मन्दिरमा अगामी असार १ गतेदेखि बिहान ४ बजे देखि नै चारवटै ढोकाखोलिने भएको छ । पशुपतिनाथको दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथको चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले भने, “यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८.३० बजेपछि मात्रै बाँकी तीनवटा ढोका खोलिँदै गरिएकोमा भक्तजनले चारवटै ढेकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यले आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने छ ।” यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो । पोस्टको नेभिगेसन आज २५६८औं बुद्ध जयन्ती, बौद्ध धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरि मनाइँदै शनिबार शनिदेवलाई खुशी पार्न यसरी गर्नुहोस् पूजा