फाइल तस्वीर

काठमाडौं । चीनियाँ राष्ट्रपति सी चिनफिङले इजरायल र हमासबीचको युद्धबारे बोल्दै एक शान्ति सम्मेलनका लागि आह्वान गरेको छ । उनले यस क्षेत्रसँगको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले आयोजित एक भेलामा अरब नेताहरूलाई सम्बोधन गरेको हो । 

 

राष्ट्रपति सीले यसै साता इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसी, इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान र अन्य केही अरब नेताहरूलाई स्वागत गर्नेछन् । चीनले लामो समयदेखि मध्यपूर्वबाट कच्चा तेल आयात गर्दै आएको छ । चीनले आफ्नो ‘बेल्ट एण्ड रोड इन्फ्रास्ट्रक्चर इनिसियटिभ’ मा मध्यपूर्वलाई एक प्रमुख विन्दुको रूपमा समेत औंल्याएको छ । यो नीति विदेशमा आफ्नो देशको प्रभाव विस्तार गर्ने सी ले गरेका प्रयासको मुख्य पनि आधार हो ।

प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै सीले इजरायल-हमास द्वन्द्व समाधानका लागि ‘व्यापक’ शान्ति सम्मेलनको प्रस्ताव समेत गरेको छ ।