रुसी राष्ट्रपति पुटिनको घरमा आगलागी

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घरमा रहस्यमय रूपमा आगलागी भएको छ । साइबेरियाको अल्टाइ माउन्टेनमा रहेको उनको सो घरमा कसरी आगो लाग्यो भन्ने प्रस्ट भइसकेको छैन ।

आगलागीबाट भएको क्षतिको विवरण पनि प्राप्त भइसकेको छैन । तर केही तस्बिर तथा भिडियोमा उक्त घरमा आगो दन्किरहेको देख्न सकिन्छ । यो घर निकै सुरक्षित स्थानमा रहेको बताइन्छ । उक्त घरको चारैतिर सुरक्षा व्यवस्था कडा थियो । यसका बाबजुद कसरी आगो लाग्यो भन्नेबारे सर्वत्र संशय देखिन्छ । रुसी राष्ट्रपति पुटिन बेलाबेला उक्त घरमा पुग्ने गर्दथे । उनले आफ्ना केही विदेशी अतिथिलाई समेत उक्त घरमा भेट्ने गरेका थिए ।

 

सो आवास परिसरमा परमाणु हमलाको बेलामा समेत जोगाउन सक्ने बङ्करसमेत बनाइएको थियो । उक्त आगजनीको घटनालाई कतिपयले युक्रेनको भूमिका हुनसक्ने आकलनसमेत गरेका छन् ।