काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा ५ हजार ३०० रुपैयाँले बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँ र तेजबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँ कायम थियो । छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ कायम छ । यो तोलामा ५ हजार ३०० रुपैयाँको वृद्धि हो । नेपाली बजारमा यो साता सुनको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड राखेको छ ।
चाँदीको मूल्य यो साता तोलामा २० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १८ सय ५५ रुपैयाँ थियो । यो साताको शुक्रबार १८ सय ७५ रुपैयाँ कायम भएको छ ।