काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड कायम भएको छ । छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको हो ।
बिहिवार प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा २५ रुपैयाँले घट्दै १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।