काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ ।सरकारले भन्सार दर बढाएसँगै सुनको मूल्य बढेको हो ।

 

सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा सुनमा भन्सार दर बढाएर २० प्रतिशत कायम गरेको छ । यसअघि सुनको भन्सार दर १५ प्रतिशत थियो । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा २३०० रुपैयाँले बढेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला १ लाख ४० हजार ५०० मा कारोबार भईरहेको छ । तेजाबी सुन १ लाख ३९ हजार ८०० पुगेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहिवार चाँदीको मूल्य भने घटेको छ । ३० रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।