काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ६१.९५ अंकको गिरावट आएको छ । चारदिन मात्रै कारोबार भएको नेप्से परिसूचक तीन दिन घटे पनि साताको सोमबार भने परिसूचक बढेको थियो ।

आइतबार २२.१४ अंकले घटेको परिसूचक सोमबार पनि ३.८९ अंकले बढ्यो । बुधवार २३.८१ र बिहीबार १९.८९ अंकले परिसूचक खुम्चिन पुग्यो । यो साता परिसूचक झन्डै ३ प्रतिशत घटेको हो । यो साताको सुरुवातमा परिसूचक २१३१ अंकबाट सुरु भएको थियो । परिसूचकमा गिरावट आएपनि यो साताभर १७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार ४ अर्ब ४२ करोडको कारोबार हुँदा सोमबार ३ अर्ब ८७ करोडको कारोबार भयो । बुधबार ४ अर्ब ५१ करोड र बिहीबार ४ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको थियो ।

 

गत साता बजार पुँजीकरण गत सातामा ३३ खर्ब ७९ अर्ब रुपैयाँ कायम भएको थियो भने यो साता घटेर ३२ खर्ब ८१ अर्ब रुपैयाँ कायम भएको छ । गत साताको तुलनामा यो साता भएको कारोबारमा ३ प्रतिशत गिरावट आएको हो ।