हिन्दु धर्मशास्त्र अनुसार कुन बारमा कुन देवी-देवताको पूजा गर्ने?

हिन्दु धर्मशास्त्र अनुसार कुन बारमा कुन देवी-देवताको पूजा गर्ने?
काठमाडौं । हिन्दु धर्म शास्त्र अनुसार हप्ताको हरेक बारलाई देवी-देवताको बार मान्ने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवी देवताको पूजा गरि व्रत बस्ने गर्दछन् ।

जानी राखौं हप्ताको कुन बार कुन-कुन देवी-देवताको पुजा गरिन्छ :

१. आइतबार
हिन्दु धर्म शास्त्र अनुसार आइतबारलाई ‘सूर्य देव’ को बार मानिन्छ । यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनु हुँदैन भन्ने मान्यता रहेको छ । व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुने भएकोले पुजा गर्दा पनि रातो रङ्गको फूल चढाउनु पर्छ भन्ने जनविश्वास रहि आएको छ ।

२. सोमबार

हिन्दु धर्मशास्त्र अनुसार सोमबार ‘शिवजी’ को दिन हो । यस दिनमा शिवजीको पुजा-आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन् भन्ने विश्वास रहेको छ । यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नु गर्ने गरिन्छ । अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ । कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन् । यस दिन व्रत बस्दा एक-छाक मात्रा खानुपर्दछ भने खानामा नुन-तेल मिसाउन मनाही छ भन्ने मान्यता राख्ने गरिन्छ ।

Lord Shiva

३. मङ्गलबार

हिन्दु धर्मशास्त्र अनुसार मङ्गलबारको दिन विशेष गरी गणेश भगवानको पुजा गरिन्छ। साथै यस दिन काली मातादुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ। यस दिन व्रत बस्दा विहानको खाना खानुहुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन भन्ने गरिन्छ ।

४. बुधबार

हिन्दु धर्मशास्त्र अनुसार ‘बुध‘ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल-देव (कृष्णको अवतार) को पुजा गरिन्छ। पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ भने कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बसेमा आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।

Lord Shree Krishna

५. विहिबार

विष्णु भगवान र उनका अवतारहरूको पुजा विहिबार गर्ने प्रचलन रहेको छ । पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ । व्रत बस्नेहरूले एकछाक दूग्धपदार्थ खाने गर्छन् । अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्ने गर्दछ ।

Lord Vishnu

६. शुक्रबार

शुक्रबारको दिन हिन्दु धर्मावलम्बीहरूले महालक्ष्मी देवीको पूजा गर्ने गर्दछन् । सो दिनमा लक्ष्मी माताका अवतार सन्तोषी माँअन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गर्ने गरिन्छ । शुक्रबारको दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गरिन्छ र व्रतालुहरूलाई मिठाईका परिकारहरू पनि बाँडिने प्रचलन रहेको छ।

Laxmi Mata

७. शनिबार

कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारको दिन शनिदेवको पुजा गरिन्छ । यस दिनमा व्रतालुहरूले कालो वस्त्र अनिवार्य लगाउनुपर्छ भन्ने मान्यता रहेको छ भने रात्रीभोजनमा नुन नमिसाई भोजन गर्नुपर्ने जनविश्वास रहेको छ ।