काठमाडौं । सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल ‘मिस्टर बिस्ट’ नामक युट्युब च्यानल बनेको छ । यसअघि याे उपाधी छ वर्षदेखि निरन्तर भारतको टी-सिरिजको नाममा थियो ।
अमेरिकी नागरिक जिम्मी डोनाल्सनले सञ्चालन गर्दै आएको उक्त च्यानलमा २६ करोड ६९ लाख बढी सब्क्राइबर छन् । यो सङ्ख्या दाेस्राे स्थानमा झरेकाे टी-सिरिजमा भन्दा २ लाख बढी हो । युट्युब च्यानल कति ठूलो छ भनेर मापन गर्ने एउटा तरिका हो, सब्सक्राइबरको संख्या हो । भारतको टी-सिरिज सबैभन्दा ठूलो युट्युब च्यानल थियो ।
भारतीय संगीत रेकर्ड लेबल र फिल्म निर्माण कम्पनी टी-सिरिज सबैभन्दा धेरै हेरिएको यसअघिको सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल थियो ।