share 225 काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव स्थगित भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गरी जेठ २६ गतेका लागि तोकिएको चुनाव स्थगित भएको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ : ‘नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनले यहीँ जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएकोमा उक्त मितिमा मतदान नहुने भएको छ । मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने जानकारी गराइन्छ ।’ अध्यक्ष पोखरेलले निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन समेत आग्रह गरेका छन् । महासंघको सदस्य शुद्धीकरणबारे अध्ययन गर्न सुरुमा धर्मेन्द्र कर्णको नेतृत्वमा समिति गठन भएको थियो । सो कमिटीले चित्तबुझ्दो काम नगरेपछि महासंघका महासचिव रोशन पुरीको नेतृत्वमा अर्को समिति बनेको थियो । सो समितिले पनि छानबिन गरी तयार गरेको नामावलीमा विवाद उत्पन्न भएको हो । सदस्य शुद्धीकरणकै विषयलाई लिएर केही हप्ताअघि नेपाल प्रेस युनियन र समाजवादी प्रेस संगठनले महासंघको कार्यालयमा तालाबन्दी समेत गरेका थिए । पोस्टको नेभिगेसन सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल बन्यो ‘मिस्टर बिस्ट’ किन असन्तुष्ट भए प्रेस काउन्सिलका पदाधिकारीहरु मिडिया काउन्सिल विधेयकप्रति ?