share 211 काठमाडौं । मंगलबार बढेकाे सेयर बजार आज भने घटेको छ । सेयर बजार परिसूचक नेप्से आज ५.५८ अंकले घटेर दुई हजार ७९.७१ विन्दुमा झरेको हो । आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको सेयर घटेको छ भने जीवन बिमा समूहको सेयर पनि उच्च अंकले ओरालो लागेको छ। अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर साढे ५ प्रतिशतले घटेको छ भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ । बुधबार तीन सय ६ वटा कम्पनीका ८० लाख ४२ हजार कित्ता सेयर तीन अर्ब ९९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। सबैभन्दा धेरै एनआएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । पोस्टको नेभिगेसन मंगलबार ६.२२ अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ? बिहीबार शेयर बजारमा सामान्य घिरावट, कति भयो कारोबार?