काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.२२ अंकले बढेको छ । ०.२९ प्रतिशतले बढेसँगै परिसूचक २०८५ विन्दुमा पुगेर रोकिएको छ । सोमबार ३.९२ अंकले घटेको नेप्से परिसूचक मंगलबार भने ६.२२ अंकले बढेको हो ।
मंगलबार १२५ वटा कम्पनीको सेयर मूल्य बढ्दा, ११४ वटा कम्पनीको भने मूल्य घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर छ । मंगलबार ४ अर्ब ८ करोड ७ लाख रुपैयाँभन्दा बढीको ८३ लाख ५ हजार कित्ताभन्दा बढी सेयर किनबेच भयो ।
ग्लोबल आईएमई वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने ५.५१ प्रतिशतले घट्यो । कारोबार भएका १३ मध्ये जलविद्युत, म्यूचुल अफण्ड र अन्य समूहको सूचक घटेको हो ।
बैंक, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, निर्जीवन बीमा र व्यापार समूहको सेयर भने बढेको छ । व्यापार समूह सबैभन्दा बढी ७९ अंक, लघुवित्त समूह ६६ अंक र उत्पादनमूलक समूह ५२ अंकले बढेको छ ।

