साङ्केतिक तस्बिर
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर विदुर शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

अनुसन्धान गर्नुपर्ने भएको हुनाले उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । उनीबिरुद्ध बालयौन दुरुपयोग गरेको आरोप छ । शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ ।

प्रहरी वृत्त सोह्रखुट्टेबाट केही दिनअघि मात्र अपराध अनुसन्धान कार्यालयमा सरुवा भएका शिवकोटी इन्जेलिजेन्स शाखामा कार्यरत रहेको छ ।