share 254 मस्को । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले पश्चिमी देशमाथि हमला गर्न अन्य देशलाई हतियार उपलब्ध गराउने चेतावनी दिएको छ । जर्मनीले युक्रेनलाई दिएको लामो दुरीको हतियार रुसमाथि आक्रमण गर्न प्रयोग भएपछि पुटिनले सो चेतावनी दिएको हो । अमेरिका समेत कयौँ देशले युक्रेनलाई रुसभित्र छिरेर हमला गर्न अनुमति दिएका थिए । यो कदमले गम्भीर समस्या निम्त्याउने चेतावनी सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा विदेशी पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा पुटिनले दिएको हो । युद्धग्रस्त क्षेत्रलाई त्यस्ता हतियार दिएर हमला गर्न लगाउने माथि आफूहरूसँग पनि पश्चिमी देशका संवेदनशील स्थानमा आक्रमण गर्न अन्य देशलाई सोही खालको हतियार उपलब्ध गराउने अधिकार किन नहुने भन्दै पुटिनले प्रश्न गरेका थिए । यसको प्रतिकार फरक हुनसक्ने र यसबारे आफूहरूले सोच्ने पनि पुटिनले बताए । मस्कोले कुन देशलाई हतियार दिन्छ भन्नेबारे भने पुटिनले केही बताएको छैन । मस्कोले परमाणु हतियार कहिले चलाउँदैन भनेर सोच्नु पश्चिमको गलत अनुमान हुने पनि उनले बताएको छ । पोस्टको नेभिगेसन नरेन्द्र मोदी तेस्रो पटक भारतका प्रधानमन्त्री बन्ने तयारीमा ताइवानको बधाईमा मोदीको प्रतिक्रियाप्रति चीनको कडा विरोध