share 291 काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आम नागरिकको चाहनाअनुसार संविधान संशोधन हुने बताएको छ । सोमबार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हो । संविधानको विशेषता नै संविधानमा उल्लेखित दफाहरु विधि, प्रक्रिया पूरा गरेर परिवर्तन गर्न सकिने उनले बताए । समयको माग, जनताको चाहनाअनुसार संविधान परिवर्तन हुने उनको भनाई रहेको थियो । संघीयताको मर्म र भवनाअनुसार कानूनहरु बनाउन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएकोले जनताको चाहना पूरा गर्नका लागि काँग्रेस र एमाले मिलेर सरकार बनाएको उनले बताए । युवाहरु रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यतको अन्त्य, अर्थतन्त्र चलायमान बनाउन, विकास निर्माणका गतिविधि अघि बढाउनका लागि सरकारले काम गर्ने उनले बताए । उपप्रधानमन्त्री सिंहले तीन तहकै सरकार अधिकार सम्पन्न भएर काम गरेको भए अहिलेको अवस्था नआउने दाबी गरे। पोस्टको नेभिगेसन आज विभिन्न कार्यक्रम गरी पुष्पलालको ४६औँ स्मृति दिवस मनाउदै इजरायलले गर्यो दुई हजार नेपाली श्रमिकलाई ‘केयरगिभर’ मा लैजाने सहमति