share 269 काठमाडौं । वैदेशिक रोजगारीका लागि सिंगापुर पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । उदयपुर घर भई टोखा नगरपालिका-१० बस्ने अन्जना राईलाई पक्राउ गरिएको हो । ३६ वर्षीया राईले पीडितसँग ३ लाख ३६ हजार रकम ठगेको उपत्यका अपराध अनुसन्धान कार्यलयका एसपी काजीकुमार आचार्यले बताए । आरोपीलाई टोखास्थित सिंगापुर कोलोनीबाट पक्राउ गरेर कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिए । दुई जनाबाट रकम लिएर उनी सम्पर्क बिहिन भएकी थिइन् । पोस्टको नेभिगेसन चोरीको सामानसहित ताला फोर्न प्रयोग गर्ने औजारसहित तीन जना पक्राउ मोटरसाइकल चोरीमा संलग्न धादिङका २ जना युवा पक्राउ