share 329 काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधवारको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको हो । हिजो सुनको कारोबार मूल्य प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँ थियो । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम छ । आज चाँदीको मूल्यमा समेत ठुलो गिरावट आएको छ । हिजो बुधवार तोलामा १८ सय ५ रुपैयाँ कायम रहेको चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर आज १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । पोस्टको नेभिगेसन बढ्यो सुनको मूल्य, आज कतिमा भइरहेको छ कारोबार ? घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?