काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ११ सयले बढेर तोलाको एक लाख ४७ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय रहेको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरि आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर १८०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।