share 249 काठमाडौं । आइतबार नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको एक हजारले बढेर एक लाख ४५ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४४ हजार ७ सय रहेको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख ४५ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ बढेर तोलाको १७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ? घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?