घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तुलनामा मंगलबार १०० रुपैयाँ घटेर १ लाख ४६ हजार रुपैयाँ कायम भएको हो । तेजाबी सुन प्रतितोलामा १ लाख ४५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, सोमबार प्रतितोला १ हजार ७५० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य मंगलबार १ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।