काठमाडौं । बुधबार नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १८ सय रुपैयाँले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार रहेको थियो । आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ४० रुपियाँले बढेर तोलाको १७८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।