share 361 काठमाडौं । काठमाडौंमा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेको छ । ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ महाङ्काल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमा नाम गरेका व्यक्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । रिन्चोले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ । पोस्टको नेभिगेसन सर्लाहीमा पूर्वभूमिसुधार राज्यमन्त्री रायको हत्या सिनामंगलस्थित झर्ना गेष्ट गेष्ट हाउसमा महिला र पुरुष मृत भेटिए